ब्राजिलमा आयोजित पशु मेलामा भारतीय नस्लको एक गाई कीर्तिमान ४० करोड रुपियाँमा बिक्री भएको छ । ब्राजिलको मिनास गेरेसमा एक ग्राहकले भियाटिना–१९ नाम राखिएको गाईलाई हालसम्मकै सबैभन्दा महँगो मूल्यमा खरिद गरे । गिनिज बुक अफ वल्र्ड रेकर्डमा यो दर्ता गरिएको छ । नेल्लोर नस्लको उक्त गाईको तौल एक हजार १०१ किलो छ । यो तौल नेल्लोर नस्लका अन्य गाईको तुलनामा करिब दोब्बर छ ।
नेल्लोर नस्लको गाई भारतको आन्द्रप्रदेश र तेलङ्गनामा पाइन्छ । यो नस्लका गाई असाधारण जिन र शारीरिक रूपमा सुन्दर देखिन्छन् ।नेल्लोर नस्लको गाईमा गर्मी सहन सक्ने क्षमता हुन्छ । अरू गाईले गर्मीयाममा कम दूध दिने गरे पनि यो गाईको दूध भने नघट्ने दाबी गरिन्छ । यसअघि यो गाईले मिस साउथ अमेरिकाको टाइटल पनि जितेको थियो ।
–युवामञ्च