• १५ चैत २०८१, शुक्रबार

प्रादेशिक अस्पताल गौरमा १०० शय्यामा स्तरोन्नति

blog

प्रवीणकुमार शर्मा 

चन्द्रपुर, रौतहट, चैत १२ गते । रौतहट सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पतालमा १०० शय्यामा स्तरोन्नति गरिएको छ । 

मधेश प्रदेश सरकारको मन्त्रीपरिषदबाट प्रादेशिक अस्पताल गौरलाई १०० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनकपुरधामका निमित्त प्रदेश सचिव राजेशकुमार मिश्रले बताउनुभयाे ।

१०० शय्याको अस्पतालमा परिणत भएसँगै दरबन्दी थप हुने तथा उपकरणहरु जडान हुने भएकोले बिरामीलाई छिटो , सहज र गुणस्तरीय उपचार प्राप्त गर्न मद्दत पुग्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महम्मद अनवर हासमिले बताउनु भयो । 

रौतहटबासीलाई हरेक साना उपचारमा पनि रिफर गर्नुपर्ने बाध्यता तथा गुणस्तरीय उपचारको लागि जिल्ला बाहिर जाने अवस्था कम हुने प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मुरारी ठाकुर भन्नुहुन्छ ।

प्रादेशिक अस्पताल गौर रिफरल अस्पतालमा परिणत भएको तथा गुणस्तरीय उपचारको अभाव रहेको भन्दै जनगुनासो बढेको छ  ।