शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भारतको कर्नाटक उच्च अदालतमा एक जना महिलाले आफ्नै पतिविरुद्ध मुद्दा दर्ता गरेकी छन् । पतिविरुद्ध उनले लगाएको आरोप छ, पतिले आफूलाईभन्दा घरमा पालेको बिरालोलाई बढी माया र हेरचाह गरे ।
तर अदालतमा त्यस्तो बेतुकको मुद्दा हालेकी महिलालाई इजलासमा न्यायाधीशले झपारेका छन् । पतिले आफूभन्दा घरको बिरालोलाई धेरै ध्यान दिएको भन्दै पतिविरुद्ध क्रुरताको अभियोगमा मुद्दा हालेकी ती महिलालाई न्यायाधीश एम नागाप्रसन्नाले झपारे किनभने उनको निवेदनमा पतिले उनीप्रति कुनै दुर्व्यवहार तथा हिंसा गरेको विषय उल्लेख थिएन ।
- युवामञ्च