विसं २०३० अघिसम्म सम्भवतः भैरहवापूर्व मात्र हाटबजार प्रचलनमा थियो । झापा जिल्लामा आइतबारे, बुधबारे, शनिश्चरे भन्ने हाटबजारकै नामबाट गाउँठाउँको नामकरण गरिएको थियो ।
विसं २०३० साल पुस र माघमा खाद्य तथा कृषि मन्त्रालय अन्तर्गत आर्थिक विश्लेषण तथा योजना महाशखा (Ministry of Food & Agriculture, Economic Analysis & Planning Division) को पहलमा झापा जिल्लाको हाटबजार सर्वेक्षण परियोजना सञ्चालन गरिएको थियो ।
झापा जिल्लाको सर्वेक्षकका रूपमा मैले खटिएर काम गरेको थिएँ । त्यहाँ काँकडभिट्टा, शनिश्चरे, बुधबारे, भद्रपुर, चन्द्रगढी, गौरादह, गौरीगन्ज, टाघनडुब्बा, घैलाडुब्बा, सुरुङ्गा, मधुवनी, बनियानी, दमक, राजगढ आदि स्थानमा हाटबजार लाग्ने गरेको थियो ।
काम सकेपछि फर्कंदा अन्तिम हाटबजारबाट रुपियाँ एकमा ६ र ७ शेरका दरमा भान्टा, रुपियाँ एकको एक केजी मुरै पाइएको थियो । त्यस बखत काँकडभिट्टा नाकाको मेची नदीको पुलका लागि पहिलो पिल्लरको खुदाई काम भइरहेको थियो । काँकडभिट्टा नाकामा एउटा सानो भन्सार कार्यालय थियो । नेपालतिर झुप्राझाप्री पसल मात्र थिए ।
महेन्द्र राजमार्ग निर्माणाधीन नै थियो । जसका कारण पुल नभएकाले बस फेर्नु पथ्र्यो । जे होस पूर्वबाट सुरु भएको हाटबजार परिपाटी हाल पश्चिमसम्म पुगेको छ ।
– सूर्यप्रशाद जोशी
–युवामञ्च