अर्जुन काफ्ले
स्याङ्जा, फागुन १३ गते । ४३ औँ राष्ट्रिय मगर एकता दिवसका अवसरमा स्याङ्जाका आठ वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । ११ वटा पालिका रहेको यहाँका यही फागुन १५ गतेको मगर दिवसमा आठले सार्वजनिक बिदा दिएका हुन् ।
पाँच नगरपालिका र छ गाउँपालिका रहेकोमा पाँचै नगरपालिका गल्याङ, वालिङ, भीर कोट, पुतली बजार, चापाकोट र छ गाउँपालिका मध्ये काली गण्डकी, बिरुवा र हरिनास गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
मगर जातीको बाहुल्यता रहेको र मगर संस्कृति संरक्षणका लागि सार्वजनिक बिदा दिइएको सम्बन्धित पालिकाले जनाएका छन् ।
पालिकाले विभिन्न मितिमा निर्णय गरेर सूचना निकाले सार्वजनिक बिदा दिएका हुन् । आठ वटै पालिकाले यस गत वर्ष समेत मगर दिवसमा सार्वजनिक बिदा दिएका थिए ।
सम्बन्धित पालिका अन्तर्गतका सबै सार्वजनिक निकायहरू पालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, बैङ्क तथा वित्तीय संस्था लगायतका सार्वजनिक सङ्घ संस्थाहरूमा बिदा दिने निर्णय गरिएको पालिकाहरूले सूचना निकालेर जानकारी गराएका छन् ।
यहाँको अर्जुनचौपारी गाउँपालिका, आँधीखोला गाउँपालिका र फेदीखोला गाउँपालिकाले भने सार्वजनिक नदिनmे भएका छन् । मगर जातीको प्रभाव नरहेकाले तीन वटा पालिकाले बिदा नदिएको बताएका छन् ।