• १३ फागुन २०८१, मङ्गलबार

संसारको सेरोफेरोको लोकार्पण

blog

कृष्णराज खनाल

अमेरिका, फागुन १३ गते । डा. चन्द्र गिरिद्वारा लिखित संसारको सेरोफेरो नामक यात्रा संस्मरणको लोकार्पण भएको छ । पारिवारिक सदस्यहरू र ईश्वर देवकोटा तथा निलम कार्की निहारिकाले संयुक्त रूपमा उक्त पुस्तकको लोकार्पण गर्नुभएको हो । 

खोटाङको चिमचिममा ६१ वर्ष अघि जन्मनुभएका डा.गिरी अमेरिकी सरकारको वातावरण मन्त्रालयमा वरिष्ठ सल्लाहकार र ड्युक विश्वविद्यालयका एड्जन्क्ट प्रोफेसरका रूपमा कार्यरत हुनुहुन्छ । नेपालमा सरकारी जागिरबाट करिअर सुरु गर्नुभएका डा. गिरीले औपचारिक र अनौपचारिक गरी विश्वका एक सय २६ देशको भ्रमण गरी तत् तत् देशमा देखे भोगेको अनुभवलाई पुस्तकमा समेट्नुभएको छ । 

आरम्भ नेपाली पुस्तकालय, नर्थ क्यारोलिना साहित्यिक समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाले संयुक्त रूपमा आयोजना गरेको सो पुस्तक लोकार्पण समारोहका वक्ताहरूले उहाँको पुस्तकले यात्रा संस्मरणमा एउटा फड्को मारेको र संसार बुभ्नका लागि यो पुस्तक पढ्नुपर्ने विषयमाथि चर्चा गर्नुभएको थियो ।