• ३ फागुन २०८१, शनिबार

तोलामा चार सयले बढ्यो सुनको मूल्य

blog

काठमाडौँ,  फागुन २ गते ।   स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु. ४०० ले बढेको हो । 

बिहीबार प्रतितोला सुन रु. एक लाख ६९ हजार ८०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ७० हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु. पाँचले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु. एक हजार नौ सय ७० निर्धारण गरिएको छ ।  रासस