कोलम्बो, माघ २७ गते । श्रीलङ्काको नरिवल खेती बोर्डले सन् २०२५ मा २५ लाख नरिवलको रूख रोप्ने लक्ष्य राखेको छ ।
नरिवल खेती बोर्डका अध्यक्ष सुनिमल जयकोडीले खेती विस्तारको आधारशिला बनाउन फेब्रुअरी १७ गतेदेखि क्षेत्रीय नरिवल खेती समितिलाई पुनर्गठन गर्ने स्थानीय सञ्चारमाध्यमलाई बताउनुभयो ।
“श्रीलङ्काको मुख्य नरिवल क्षेत्र नर्दन कोकोनट ट्राइङ्गलमा २५ लाख नरिवलको बिरुवा खेती गरिने लक्ष्य रहेको छ ।”
आधिकारिक तथ्याङ्क अनुसार श्रीलङ्काले हरेक वर्ष करिब तीन अर्ब नरिवल उत्पादन गर्ने गर्दथ्यो, तर पछिल्ला वर्षमा उक्त उत्पादन घटेर दुई अर्ब ८५ करोड पुगेको छ ।
मुख्यतया हेरचाह, मर्मतसम्भार र कीराको प्रकोपका कारण यो कमी आएको नरिवल विकास प्राधिकरणका अध्यक्ष शान्थ रणतुङ्गाले सञ्चारमाध्यमलाई बताउनुभयो ।
श्रीलङ्काको मन्त्रिपरिषद्ले भर्खरै नरिवल तेल उत्पादनको लागि २० करोड नरिवलको दाना र सुकेको नरिवलको टुक्रा आयात गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । रासस, सिन्ह्वा