खार्तुम, माघ २७ गते । सुडानका सत्तारुढ जनरल अब्देल फताह अल–बुरहानले विनाशकारी गृहयुद्धको बिचमा देशको मामिला व्यवस्थापन गर्न चाँडै नयाँ सरकार गठन हुने बताएको छ ।
सङ्क्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष र सुडानी सशस्त्र बलका कमाण्डर अल–बुरहानले पोर्ट सुडानमा राजनीतिक शक्तिहरूसँगको बैठकमा यो घोषणा गर्नुभयो । आगामी अवधिमा सङ्क्रमणकालीन कार्यहरू पूरा गर्न सरकारको गठन हुने र यसलाई कामचलाउ सरकार वा युद्धकालीन सरकार भन्न सकिने बताउनुभयो ।
अल–बुरहानले सरकारमा स्वतन्त्र राष्ट्रिय व्यक्तित्वहरू समावेश हुने कुरामा जोड दिनुभयो । जनरलले अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेसँग वार्ता गर्ने कुरालाई अस्वीकार गर्नुभयो । अन्तर्राष्ट्रिय संस्थाहरूका अनुसार द्वन्द्वले लगभग २७ हजार जनाको ज्यान लिएको छ । १ करोड ५० लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन् । सिन्ह्वा