• २६ माघ २०८१, शनिबार

गोरखापत्रकर्मी नेपाल पुरस्कृत

blog

सम्मान ग्रहण गर्नुहुँदै गोरखापत्रकर्मी शालिग्राम नेपाल।

वसन्त पराजुली

नारायणगढ, माघ २६ गते। प्रेस चौतारी चितवनले स्थापना गरेको डा. तिलचन्द्र शारदा भट्टराई पत्रकारिता पुरस्कारबाट गोरखापत्रकर्मी शालिग्राम नेपाल सम्मानित हुनुभएको छ।

प्रेस चौतारी नेपाल चितवनको ८ औं जिल्ला अधिवेशनका अवसरमा  गोरखापत्रका बागमती प्रदेश संयोजक नेपाललाई सो सम्मान गरिएको हो।

कार्यक्रममा पुरस्कारका दाता डा. तिलचन्द्र भट्टराई र प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश वस्नेतले नेपाललाई सम्मान गर्नुभएको हो। पुरस्कार २० हजार रुपियाँ राशि, प्रमाणपत्र र दोसल्ला रहेको छ।

त्यसैगरी ११ हजार १११ रुपियाँ राशिको स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कारबाट पुरस्कृत सन्तकुमार चौधरी र जनही १० हजार रुपियाँ राशिको जोखिम पत्रकारिता पुरस्कारबाट पुरस्कृत निरुता विक र बद्री अर्याललाई कार्यक्रममा  सम्मान गरिएको छ।

पुरस्कार स्वरुप प्राप्त रकम पत्रकार नेपालले स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कारको कोषलाई र चौधरीले प्राप्त गर्नु भएको रकम प्रेस चौतारी चितवन शाखाको भवन निर्माणलाई  सहयोग गर्नुभएको छ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै  प्रेस चौतारीका अध्यक्ष बस्नेतले प्रेस स्वतन्त्रताका पक्षमा लाग्न सबैलाई अनुरोध गर्नुभएको छ।