• २२ माघ २०८१, मङ्गलबार

सुनचाँदीको मूल्य बढ्यो

blog

काठमाडौँ,  माघ २२ गते ।  स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ९०० ले बढेर रु. एक लाख ६४ हजार ७०० कायम भएको छ । 

आज चाँदीको मूल्य प्रतितोला रु. २० ले बढेर रु एक हजार नौ सय ३० कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी रु. एक हजार ९१० मा कारोबार भएको थियो । रासस