समुद्र सतहदेखि पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भन्ज्याङमा पहिलोपटक आइपुग्यो मोटरसाइकाल । राष्ट्रिय गौरवको आयोजना तमोरकोरिडोर सडक विस्तारले भारत–नेपाल–चीनलाई जोडेको छ । भारतको विराटनगर रानीबाट तमोर कोरिडोर हुँदै उत्तर–दक्षिण लोकमार्गमार्फत तिब्बतसँगको सिमाना टिप्ताला जोडिएको छ । दुई सय ९२ किलोमिटर लामो यो सडक भारत–नेपाल–चीन जोड्ने छोटो मार्गका रूपमा लिइन्छ । तस्बिरः दिलकुमार लिम्बू/रासस