राजु लामिछाने
रुकुमपश्चिम, माघ १२ गते। नेपाल निजामती कर्मचारी संगठन रुकुमपश्चिमको अध्यक्षमा धनवीर केसी निर्वाचित हुनुभएको छ। शनिबार जिल्ला सदरमुकाम मुसीकोटमा भएको १२ औँ जिल्ला अधिवेशनबाट केसीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।
कार्यसमितिको खुला उपाध्यक्षमा भिम खत्री र महिला उपाध्यक्षमा हृदयकली पौडेल, सचिवमा सागर भुजेल, सहसचिवमा तुलवीर बिक र कोषाध्यक्षमा कविराज केसी निर्विरोध निर्वाचित हुनुभएको छ। यसैगरी संगठनको सदस्यमा मुना केसी, अस्मिता रावल, प्रेमा केसी, लक्ष्मी पुन, दिपेन्द्र ओली, वीरेन्द्र विष्ट, कृष्णमान केसी, यज्ञ भि थापा, महेन्द्र ओली, ललितजंग बुढामगर, गोरख केसी, राजेन्द्र केसी र भुवन चौधरी चयन हुनुभएको छ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा मनोज केसी र कमला केसीलाई छनौट गरेको छ भने प्रदेश प्रतिनिधिमा सुरेन्द्र खत्री र देवी ओली चयन हुनुभएको छ। त्यसैगरी लेखा परीक्षण आयोगको संयोजकमा केदार शर्मा चयन हुनुभएको छ भने सदस्यमा केशव केसी र महेश कठायत चयन हुनुभएको छ।
संगठनका निवर्तमान अध्यक्ष पुष्पराज ओलीको अध्यक्षतामा भएको १२औं अधिवेशनको उद्घाटन सत्रमा नेकपा (एमाले) रुकुम पश्चिमका जिल्ला अध्यक्ष नन्दराम देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो।
उक्त कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य कर्णबहादुर ओली र हरिप्रसाद शर्मा, संगठनका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम इन्चार्ज जसवीर खत्रीलगायत सहभागी हुनुहुन्थ्यो।