काठमाडौं, माघ १२ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने ४० वर्षीया लालिमाया दर्लामी रहेका छन् ।
दर्लामीले क्रोएसिया पठाइदिन्छु भन्दै एक पीडितबाट पाँच लाख ७५ हजार रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–९ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख छ ।