• ८ माघ २०८१, मङ्गलबार

राष्ट्रपति पौडेलद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई ज्ञापन

blog

काठमाडौँ, माघ ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले डोनाल्ड जे. ट्रम्पलाई अमेरिकाको ४७ औँ राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले एक सन्देशमार्फत राष्ट्रपति ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै नेपाल र संयुक्त राज्य अमेरिकाबिचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझै प्रगाढ र विस्तार हुने विश्वास व्यक्त गर्नुभएको हो । 

राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा नेपाल र अमेरिकाबिचको सम्बन्धले दुवै मुलुकका जनताको हितमा अझ सुदृढ भूमिका खेल्ने उल्लेख गर्नु भएको छ ।