• ३ माघ २०८१, बिहिबार

१०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

blog

राखेपको बोर्ड बैठकमा सहभागि ।

काठमाडौँ, माघ ३ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ११९औँ बोर्ड बैठक सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बिहीबार बस्यो ।

बैठकले कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित पारित गर्दै उपयुक्त समयमा सार्वजनिक गर्ने निर्णय गरेको छ ।

बैठकले हालै सम्पन्न नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनाव र साधारण सभा अवैध भएको ठहर गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ । 

साथै ओलम्पिक कमिटीको चुनाव तथा साधारण सभामा सहभागी राष्ट्रिय खेल सङ्घहरुले राखेप समक्ष पेश गरेको स्पष्टिकरण उचित कारण र आधार विना पेश गरेका सङ्घका लागि थप आवश्यक प्रक्रिया अगाडि बढाउने गरी निर्णय भएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिनुभयो ।