म आज तपाईंलाई एउटा कुरा भन्छु
किनकि म वैज्ञानिक बन्न चाहन्छु ।
गेहेन्द्रशमशेर जस्तै, महावीर पुन जस्तै
आइन्स्टाइन, न्युटन र पास्कल जस्तै
पास्चर, डार्बिन र अब्दुल कलाम
पायथागोरस अनि केभिन्डस समान
म आज तपाईंलाई एउटा कुरा भन्छु
किनकि म वैज्ञानिक बन्न चाहन्छु ।
थोमस एल्बा एडिसनको जस्तो लगाव
स्टेफन हकिङको जस्तो बुलन्द प्रभाव
एक एक गर्दै पार गरी अनेकौँ चरण
बन्ने छु म पनि एउटा राम्रो उदाहरण
म आज तपाईंलाई एउटा कुरा भन्छु
किनकि म वैज्ञानिक बन्न चाहन्छु ।
जताततै ज्ञानको चहकिलो ज्योति छर्नु छ
मैले अब मानिसका लागि नयाँ केही गर्नु छ
प्रयोगशालामा काम गर्दै उपकरण समाउने
नयाँ नयाँ आविष्कारमा सधैँभरि रमाउने
म आज तपाईंलाई एउटा कुरा भन्छु
किनकि म वैज्ञानिक बन्न चाहन्छु ।
आकाशका तारा गन्दै, बोटबिरुवाको अध्ययन गर्ने
जीवजन्तुका जीवन बुझ्ने, रहस्यभित्र मनन गर्ने
प्रकृतिका नियम पढ्ने, सबै कुरा जान्न मन छ
विज्ञानको संसारमा पाइला चाल आत्मा भन्छ
म आज तपाईंलाई एउटा कुरा भन्छु
किनकि म वैज्ञानिक बन्न चाहन्छु ।
रसायन, भौतिक, जीव विज्ञान, सबैमा रुचि बढ्छ
प्रयोग र सिद्धान्तको मेल, मेरो मनमा सदैव बस्छ
नयाँ कुरा पत्ता लगाउन, चुनौती स्विकार्ने छु
विजेता हुनुअघि पक्कै पनि म धेरै पटक हार्ने छु
म आज तपाईंलाई एउटा कुरा भन्छु
किनकि म वैज्ञानिक बन्न चाहन्छु ।
ज्ञानको उज्यालो फैलाउने, समाज सेवा गर्ने
वैज्ञानिक बनेर सबैको जीवन सजाउने
म निरन्तर प्रयास गर्छु, लक्ष्यमा ध्यान दिने छु
वैज्ञानिक बन्ने यो सपना, पक्कै पूरा गर्ने छु
म आज तपाईंलाई एउटा कुरा भन्छु
किनकि म वैज्ञानिक बन्न चाहन्छु ।