स्वस्थ र सबल जीवनयापन हामी सबैको चाहना हो । दीर्घ आयु, खुसी र सुखी परिवार नै हाम्रा सर्वाेपरि कुरा हुन् । स्वस्थ जीवन प्राप्तिको चाहनालाई मूर्तरूप दिन हामी आफू कतिको अनुशासन र स्वस्थ जीवनशैली अपनाउछौँ भन्ने कुरा महìवपूर्ण हुने गर्छ । हामीले दैनिक जीवनमा खाने खानाको असन्तुलित व्यवहार तथा शारीरिक क्रियाकलाप तथा व्यायामको कमीले गर्दा अधिकांश व्यक्ति विभिन्न रोग कलेजोमा बोसो जम्ने रोग, मधुमेह, मुटु तथा रक्तनलीसम्बन्धी रोग, मस्तिष्कघात जस्ता गम्भीर रोगबाट ग्रसित बन्दै गइरहेका छन् ।
सवारीसाधनमा सिट बेल्टको अनिवार्य प्रयोग गर्ने, दुईपाङ्ग्रे सवारीमा दुवै जनाले चिउडोसम्म छोप्ने गरी बलियो हेलमेट अनिवार्य लगाउने, महिलाले दुईपाङ्ग्रे सवारीमा यात्रा गर्दा सल, सारी, कपडा वा अन्य सामान नलत्रने गरी यात्रा गर्ने, बालबालिका तथा महिलालाई सवारीको अघिल्लो भागमा यात्रा नगराउने, अविरल वर्षाको समयमा खोलानाला, खरे तथा नदीमा जथाभाबी नजाने, वनजङ्गलमा घाँस दाउरा गर्न जाँदा समूहमा साथ लिएर जाने, जङ्गली विषालु च्याउको सेवन नगर्ने, अरिङ्गाल, बारुलाले चिलेर हुने प्रतिव्रिmया भएमा तत्काल अस्पताल पुगेर एलर्जीविरुद्ध सुईमार्फत उपचार सुरु गर्ने, कोही बेहोस, अचेत भएमा तत्काल सिपिआर सुरु गर्ने तथा जस्तोसुकै स्वास्थ्य समस्या आई पर्दा हेलचेक््रयाइ नगरी तुरुन्तै अस्पताल पुग्दा मानवीय क्षति रोक्न सकिन्छ । त्यस्तै कोही व्यक्ति बेहोस भएर मुटुको चाल कायम छ भने त्यस्ता बिरामीलाई कोल्टे पारेर गुलियो कुरा मिश्रित पानी मुखमा राखिदिँदा त्यस्ता हाइपोग्लाइसेमिया भएका बिरामीलाई बचाउन सकिन्छ र तत्कालै उद्धार गरी अस्पताल पु-याउनु पर्छ ।
डेङ्गु सङ्व्रmमणमा जोगिने उपायको पालना गर्ने तथा सङ्व्रmमण भइहालेमा तुरुन्त अस्पताल पुगेर चिकित्सकको निगरानीमा उपचार सुरु गर्नु पर्छ । डेङ्गु सङ्व्रmमणलाई सामान्य रूपमा लिँदा यस रोगबाट हुने जटिलताको कारण बिरामीको ज्यानसमेत जाने हुँदा बेलैमा परीक्षण गरी उपचार सुरु गर्नु अपरिहार्य छ । आजकल धेरै मानिसको शारीरिक निष्व्रिmयताको कारण पेट लाग्ने, अत्यधिक वजन वृद्धि हुने जस्ता समस्या देखा परेका छन् । त्यस्ता मोटोपना भएका व्यक्तिले तुरुन्त अस्पताल पुगेर रगतमार्फत कलेजोसम्बन्धी जाँच, कोलेस्ट्रोलसम्बन्धी जाँच र भिडियो एक्सरे इत्यादि परीक्षण गर्नाले धेरै रोग बेलैमा स्व्रिmनिङ गर्न सकिन्छ । त्यस्तै महिलाले अस्पताल पुगेर पाठेघरको क्यान्सरसम्बन्धी स्व्रिmनिङ जाँच गर्नाले क्यान्सरको जोखिम वा अवस्थाबारे बेलैमा जानकारी पाउन सकिन्छ । हाल नेपाल सरकारले १० देखि १४ वर्षका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने खोप (एचपिभी भ्याक्सिन) नियमित खोप तालिकामा नै समावेश गरी सबै किशोरीलाई निःशुल्क उपलब्ध गराएको हुँदा सबै किशोरीलाई यो खोप लगाउन सचेतना अभिवृद्धि गराउन आवश्यक छ ।
घरमा पालिएका तथा सडकमा पाइने कुकुर, बिरालो, स्याल, बाँदर, फ्याउरो जस्ता जीवजन्तुले टोकेमा, चिथोरेमा तथा घाउ चाटेमा आधा घण्टासम्म साबुन पानीले सफा गरेर तुरुन्त रेबिजविरुद्धको खोप लगाउन अस्पताल पुग्नु पर्छ । घरका गाईवस्तुलाई पनि त्यसरी जीवजन्तुले टोकेमा भेटनरीमार्फत समन्वय गरी खोप लगाउन सकिन्छ । कुकुरले टोकेर हुने घटनामा टोक्ने बित्तिकै वा ७२ घण्टाभित्र खोप लगाउनु पर्छ । पछिल्लो अनुसन्धान अनुसार कुकुरले टोकेको पुष्टि भएमा ७२ घण्टा बिते पनि रेबिजविरुद्ध खोप लगाउन जानुपर्ने तथ्य उल्लेख छ ।
दैनिक मानवीय जीवनमा देखापर्ने स्वास्थ्य समस्या अन्तर्गत उच्च रक्तचाप (हाइपरटेन्सन) पनि गम्भीर समस्याको रूपमा देखा परेको छ । नेपालको सबै क्षेत्र र सबै वर्ग समुदायका मानिस यो समस्याबाट ग्रसित छन् । उच्च रक्तचापको बेलैमा निदान गरी औषधी सेवन गर्नु नै पहिलो महìवपूर्ण काम हो । कुनै गम्भीर लक्षण नदेखिने तर रक्तचाप परीक्षण गर्दा प्रेसर बढेको घटना हाम्रा स्वास्थ्य संस्थामा प्रशस्त छन् । चिकित्सकले उच्च रक्तचापको औषधी सुरु गर्नु पर्छ भन्दा नमान्ने प्रवृत्तिले पनि उच्च रक्तचापको बिरामीको मस्तिष्कघात, हृदयघात, पक्षघात, मिर्गौलासम्बन्धी रोगलगायत विभिन्न स्वास्थ्य जटिलता लिएर अस्पताल पुग्ने गरेको पाइन्छ । उच्च रक्तचाप बेलैमा परीक्षण गरेर चिकित्सकको निगरानीमा औषधी सुरु गर्ने, साथमा नियमित व्यायाम, योगा, ध्यान तथा खानामा सन्तुलन मिलाउन सकेमा यो समस्यालाई बेलैमा नियन्त्रण गर्न सकिन्छ ।
हाम्रो नेपालमा निकै कम बहस र अन्तव्रिर्mया हुने अर्काे विषय यौन स्वास्थ्य पनि हो । विद्यालय तहदेखि नै राखिएको प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षाले धेरै हदसम्म सचेतना अभिवृद्धि गर्न सहयोग पु-याएको छ । असुरक्षित यौन सम्पर्क (कन्डमको प्रयोग नगर्ने), कन्डमको सही प्रयोग नगर्दा फुट्ने, लागु पदार्थ दुव्र्यसनीले प्रयोग गरेका सिरिन्जको पुनः प्रयोग गर्दा, एचआईभी सङ्व्रmमित बिरामीलाई प्रयोग गरेको सुईले घोचेमा वा रगतजन्य सङ्व्रmमण भएमा, पछिल्लो समय पुष्टि भएको विभिन्न टयाटु खोप्दा पनि एचआईभी सरेको हुँदा त्यस्ता शङ्कास्पद घटनामा ७२ घण्टाभित्र तुरुन्त अस्पताल पुगेर एचआईभीविरुद्धको औषधी सुरु गरेमा यस्ता प्राणघातक रोगबाट बच्न सकिन्छ । असुरक्षित यौनसम्पर्कबाट हुने विभिन्न यौन रोग तथा एड्सबाट बच्नका लागि कन्डमको सही तरिकाले प्रयोग गर्ने र सम्भावित रोग भएका व्यक्तिसँग असुरक्षित सम्पर्क भएमा ७२ घण्टा भित्र स्वास्थ्य संस्था पुगेर पोप (पोस्ट एक्सपोजर प्रोफिल्याक्सिस) २८ दिनसम्म नियमित सेवन गर्नु पर्छ । साथै असुरक्षित यौन सम्पर्क हुने सम्भावित रोगबाट बच्न प्रेप (प्रि एक्पोजर प्रोफिल्याक्सिस) औषधी स्वास्थ्य संस्थाहरूबाट निःशुल्क प्राप्त गर्न सकिन्छ ।
मानसिक स्वास्थ्य आज आमनेपालीको निकै चिन्ता र चासोको विषय बनेको छ । बढ्दो बेरोजगारी, पारिवारिक कलह, उच्च महìवाकाङ्क्षा, आर्थिक अभाव, लागुपदार्थ दुव्र्यसन, धूमपान, मद्यपान, राजनीतिक अस्थिरता जस्ता विभिन्न कारणले गर्दा धेरै व्यक्ति तनाव, नैराश्यता, मनोरोग जस्ता विभिन्न मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन । मनोरोगका लक्षण देखिएका, आत्महत्याको सोच आउने, मानसिक रूपले विक्षिप्त व्यक्तिहरूले तुरुन्त मनोरोग विशेषज्ञसँग परामर्श गर्ने वा ११६६ मा फोन गरी निःशुल्क परामर्श लिन सकिन्छ । यस्ता समस्यालाई बेलैमा परामर्श गरी उपचार सुरु गरेमा मानवीय जीवनको रक्षा गर्न सकिन्छ ।
बालबालिकालाई बाहिरको खानेकुराभन्दा घरमा नै तयार गरेको खाना पौष्टिक आहार हुने हुँदा जङ्क फुड निषेध गर्नु पर्छ । हामीले दैनिक खाने खानालाई सन्तुलित भोजनको रूपमा मिलाएर खानु आवश्यक छ । दैनिक बिहान र बेलुका खाना खाइसकेपछि अनिवार्य दात माझ्ने बानीको विकास गर्नु पर्छ । वर्षमा एक पटक दन्त चिकित्सकलाई भेटेर दन्त परीक्षण गर्नु लाभदायक हुन्छ । मुख तथा दन्त स्वास्थ्यलाई ख्याल गरी धूमपान, मद्यपान, खैनी, पराग, गुटखा सेवनबाट टाढा रहनु पर्छ । हाम्रो वायुमण्डल दिनप्रतिदिन प्रदूषित हुँदै गइरहेकोले हरेक व्यक्तिले बाहिर निस्किँदा अनिवार्य मास्क लगाउनु बुद्धिमानी हुन्छ । मानिसलाई चिन्तामुक्त हुन र स्वस्थ हुन हरेक गाउँ र बस्तीमा योगा ध्यान केन्द्र सञ्चालन गर्नु पर्छ ।
हाम्रा दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न आपत्कालीन औषधी जस्तै हृदयघात हुँदा चपाएर खानुपर्ने चार चक्की एसपिरिन, ज्वरो आउँदा, डेङ्गु हुँदा खाने सिटामोल, पखाला लाग्दा खाने जीवनजल, एलर्जी, रुघाखोकी लाग्दा राति एक पटक खाने औषधी, काटेको घाउमा लगाउने औषधी, मास्क, पन्जा, प्रेसर बढेको अवस्थामा खाने औषधी, रक्तचाप मापन यन्त्र जस्ता सामान हरेक घर, कार्यालय र संस्थामा राख्नु अपरिहार्य छ । यस्तै विभिन्न दुर्घटनाका कारण अकाल मृत्युवरण गरेका व्यक्तिको शरीरबाट निश्चित समयभित्र कलेजो, मिर्गाैला, कर्निया, छाला जस्ता केही महìवपूर्ण अङ्ग दान गरी अर्काे आवश्यक परेका बिरामीलाई प्रत्यारोपण गर्न सकिने हुँदा अङ्गदानलाई जीवनदानको रूपमा स्थानीय तहदेखि नै जनचेतनामूलक अभियान सञ्चालन गर्नु पर्छ ।
बर्खायाममा सर्पले टोकेर हुने घटना हामीले धेरै सुन्ने गर्दछौँ । सर्पले टोक्दा टोकेको भागलाई स्थिर राखेर (हातलाई डोरीले बाँध्ने होइन) तुरुन्त अस्पताल लैजाने गर्नु पर्छ । अस्पताल तथा नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा सर्पको विष मार्ने औषधी उपलब्ध हुने हुँदा बिरामीलाई सान्त्वना दिएर जुनसुकै सवारीसाधनको माध्यमबाट छिटोभन्दा छिटो नजिकका अस्पताल वा नेपाली सेनाको सर्पदंश उपचार केन्द्र पु-याउनु पर्छ । नेपाल सरकारले आमनेपाली जनतालाई स्वास्थ्य उपचारमा आर्थिक भार नपरोस् भनेर स्वास्थ्य बिमाको कार्यक्रम २०७२ सालदेखि लागु गरेको छ । सो कार्यक्रम विपन्न, असहाय, अति सीमान्तकृत, भिन्न क्षमता भएका तथा ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने व्यवस्था छ । यो व्यवस्थालाई सर्वसाधारणले सदुपयोग गरी स्वास्थ्योपचार सेवा लिनु पर्छ ।