वराहक्षेत्र समाचारदाता
वराहक्षेत्र, पुस २३ गते । उपेक्षित उष्णप्रदेशीय रोेगबारे सुनसरीका ग्रामीण बस्तीमा जनचेतना फैलँदै जाँदा स्थानीय सचेत रहन थालेका छन् । सेभ दी अर्थ सुनसरीले उपेक्षित उष्णप्रदेशीय रोेगका बारेमा सचेतना कार्यक्रमका साथै बिरामीको उपचारमा सहजीकरणसमेत पु-याउँदै आएपछि स्थानीय सचेत भएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंका अनुसार उष्णप्रदेशीय रोेगबारे समुदायमा थाहा नहुँदा बिरामी रोग लुकाएरै बसिरहेका थिए । स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको सेभ दी अर्थ सुनसरीले यी रोगका बारेमा जनचेतना कार्यक्रम सञ्चालन र उपचारमा सहजीकरण गरेपछि स्थानीयसचेत भएका छन् ।
सेभ दी अर्थका अध्यक्ष पुष्प भट्टराईका अनुसार समुदायस्तरमा कुष्ठरोग, हात्ती पाइले, जुका, डेङ्गु, चिकनगुनिया, रेबिज, सर्पदंश, लुतो, कालाजार, फित्तेजुका र खस्रे रोगका बारेमा सचेतना कार्यव्रmमका साथै बिरामीको उपचारमा सहजीकरणसमेत विश्वास परियोजनाले गराउँदै आएको छ ।
उष्णप्रदेशीय रोेगको जोखिममा रहेका दुई नगरपालिका र छ वटा गाउँपालिकाका ६७ वटा स्वास्थ्य केन्द्रसँग सहकार्य गरी परियोजनाले काम गर्दै आएको विश्वास परियोजनाका सुनसरी संयोजक मनिष सुवेदीले बताउनुभयो ।
संस्थाले नेपालमा पाइएका उपेक्षित उष्णप्रदेशीय रोेगको जानकारी जिल्लाका ग्रामीण क्षेत्रमा दिँदै आएको छ । उपेक्षित उष्णप्रदेशीय रोगबारे ग्रामीण क्षेत्रका अधिकतर सर्वसाधारण सचेत भएको सेभ दी अर्थका अध्यक्ष पुष्प भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “संस्थाले भर्खरै सार्वजनिक गरेको सामाजिक परीक्षणका आधारमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वास्थ्य सेवासम्बन्धी चेतना अभिवृद्धि भएको छ ।”
संस्थाले जिल्लाका छ वटा गाउँपालिका र दुई वटा नगरपालिकामा आमा समूह बनाएर आमा र बच्चाको स्वास्थ्यसम्बन्धी सचेतनाका कामसमेत गर्दै आएको थियो । पालिकामा रहेका स्वास्थ्य स्वयंसेविकाले समूह निर्माण गरी मासिक बैठक राख्ने र बैठकमा नियमित आमा र बच्चाको स्वास्थ्य जाँच र पोषणसम्बन्धी जानकारी लिने गरेको संस्थाले जनाएको छ ।
नेपालमा पाइएका उपेक्षित उष्णप्रदेशीय रोेगकाबारेमा स्वास्थ्यकर्मी, आमा समूह, स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिलाई जानकारी गराउन तालिम दिने गरेको सेभ दी अर्थका अध्यक्ष भट्टराईले बताउनुभयो । उपेक्षित उष्णप्रदेशीय रोेगबाट पीडित भएकाको निगरानी गर्ने र कुष्ठरोग तथा हात्तीपाइलेबाट प्रभावित बिरामीलाई थप उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगरसँगै लालगढ र आनन्द वन अस्पताल पठाइने गरिएको छ ।