• ७ पुस २०८१, आइतबार

मातृबन्दना कृतिको लोकार्पण

blog

कार्यक्रममा कृति विमाचन गरिदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ६ गते । साहित्य सन्ध्याको ४५८ औँ मासिक शृङ्खलामा ‘सामाजिक रूपान्तरणमा नेपाली प्रगतिशील गीत गजलको प्रभाव’ विषयक कवि गोष्ठी सम्पन्न भएको छ । 

शनिबार अपरान्ह १ बजे भृकुटीमण्डप, प्रदर्शनीमार्गस्थित पद्मोदय माध्यमिक विद्यालयको सभाकक्षमा साहित्य सन्ध्याको शृङ्खला आयोजना गरिएको हो । कार्यक्रममा कवि लक्ष्मण तिमिल्सिनाको कविता सङ्ग्रह ‘मातृवन्दना’ को लोकार्पण तथा परिचर्चा गरिएको छ ।

उपाध्यक्ष रमेश पोखरेलका अनुसार साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा साहित्यकार चन्द्रप्रसाद न्यौपाने, प्रभाती किरण, डा. कृष्ण सुवेदी, सिन्धुपाल्चोककै जनप्रतिनिधि शशिनाथ आचार्य, साधुराम नेपाल, आभा सेतु सिंह, उमेश उपाध्याय, डा. राजेन्द्रप्रसाद अधिकारी, रत्ननिधि रेग्मी, डा. प्रेमराज सिलवाल, लालुपाते सांस्कृतिक परिवारका सदस्यहरू माधव प्रधान, महेशराज खरेल, रत्न उप्रेती, बैरागी जेठालगायतको उपस्थिति रहेको थियो ।  

कार्यक्रममा बालकवि सोइना दाहाल, ओमप्रसाद कोइराला, नवराज श्रेष्ठ, डा. मनोज जोशी, त्रिलोचन आचार्य, महेशराज खरेल, माधव प्रधान, थरेन्द्र बराल, वासुदेव अधिकारी पाँचथरे, जयन्ती स्पन्दन, नर्मदेश्वरी सत्याल, रत्ननिधि रेग्मी, आभा सेतु सिंह, उमेश उपाध्याय, मिसन अधिकारी, डा.राजेन्द्रप्रसाद अधिकारी, अर्जुन अन्योल, रत्न उप्रेती र बैरागी जेठाले आप्mनो कविता, गीत, गजल वाचन गर्नुभएको थियो । कार्यक्रममा कृति विमाचन गरिदै ।