• १३ मंसिर २०८१, बिहिबार

फिल्म सोसाइटीको अध्यक्षमा पुनः मल्ल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ९ गते । नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा अभिनेता कृष्ण मल्ल पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाल फिल्म सोसाइटीको १२ औँ साधारण सभाबाट अभिनेता मल्ल अध्यक्ष पदमा चयन हुनुभएको हो । सोसाइटीको प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्का निर्वाचित हुनुभएको छ ।

त्यसै गरी महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ, सहकोषाध्यक्षमा दुर्गा बिसुराल र सदस्यहरूमा सुनील कटुवाल, मदुकुमार श्रेष्ठ, गोपालकाजी कायस्थ, शिवहरि वैरागी, शर्मिला मल्ल, आरपी पन्त र सुभाष खड्का सर्वसम्मत चयन हुनुभएको छ ।