• ९ पुस २०८१, मङ्गलबार

हामी विकास र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ : प्रधानमन्त्री

blog

एमालेले शुक्रबार आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, मङ्सिर ७ गते। प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताउनुभएको छ।

एमालेका उपत्यकाका तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  यस्तो बताउनुभएको हो। 

उहाँले वर्तमान सरकारको गठबन्धन आगामी  निर्वाचनसम्म रहने स्पष्ट पर्नुभयो। अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो।

उहाँले कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लीलता स्वीकार्य नहुने जनाउदै देशको अधोगतिलाई माथि लान एमाले र नेपाली काङ्ग्रेसको सहयात्रा गरिएको बताउनुभयो।

यो पनि पढ्नुहोस

चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्री ओली

अर्थतन्त्र सुधारका लागि एमाले नेतृत्व : महासचिव पोखरेल