• १८ मंसिर २०८१, मङ्गलबार

सकारात्मक सन्देश प्रवाह गर्न एमालेको जागरणसभा (फोटो फिचर)

blog

सत्तारुढ दल नेकपा (एमाले) ले शुक्रबार काठमाडौंमा आयोजना गरेको जनजागरण सभाका लागि निकालिएको र्‍याली । तस्विरः मनोजरत्न शाही

काठमाडौं, मङ्सिर ७ गते । सत्तारुढ दल नेकपा (एमाले) ले सरकारको विरुद्धमा फैलाइएका गलत अफवाह चिर्न काठमाडौं दरवारमार्गमा जागरणसभा आयोजना गरेको छ । जागरणसभाका लागि भृकुटीमण्डपदेखि सहिदगेट, रत्नपार्क हुँदै र्‍याली दरवारमार्गमा पुगेर सभामा परिणत भएको छ । 

सभालाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको सो दलका नेताहरुले बताउनुभएको छ । सरकारले गरेको राम्रो कामको समेत कुप्रचार गरी जनतामा भ्रम छर्ने काम केही पक्षले गरिरहेकाले त्यसलाई चिर्न, सुशासन र आर्थिक समृद्धिका लागि जनतामा सकारात्मक सन्देश प्रवाह गर्न जागरणसभा आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।