• ९ पुस २०८१, मङ्गलबार

अर्थतन्त्र सुधारका लागि एमाले नेतृत्व : महासचिव पोखरेल

blog

जागरण सभामा सम्बोधन गर्नुहुँदै नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल । तस्बिर : कविन अधिकारी

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर ७ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुक आर्थिक रुपले समस्या परेका बेला एमाले नेतृत्वको खाँचो पर्नेगरेको बताउनुभएको छ ।

एमालेले शुक्रबार आयोजना गरेको  जनजागरण सभामा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेपालमा रेल यातायात सुरु गर्न, भारतीय नाकाबन्दी विरुद्ध छुटकारा पाउन उत्तरी नाका खोल्ने काम एमाले नेतृत्वको सरकारले गरेको उहाँले बताउनुभयो ।

‘काम एमालेले गर्ने जस अरुले लिने काम भइरहेको छ’ चर्चा गर्दै महासचिव पोखरेलले भन्नुभयो, “यसअघिको एमाले नेतृत्व सरकारमा मुलुकले उच्च आर्थिक वृद्धिदर हासिल गरेको थियो, मुलुकको अर्थतन्त्र बिग्रेका बेला पुनः एमाले नेतृत्वमा आएको छ, मुलुकको अर्थतन्त्र लयमा आएको छ ।”

‘कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर फेरि अर्को अफवाह फैलाउने काम भएको छ, हुँदै नभएको कुप्रचार गरी सरकार र एमालेविरुद्ध योजनाबद्ध भ्रम छर्ने र बदनामी गर्ने प्रयास गरिएको छ, यसलाई चिर्न पनि यो जागरणसभा हो’ उहाँले भन्नुभयो । सभालाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सम्बोधन गर्ने  बताइएको छ ।