• ७ जेठ २०८१, सोमबार

फोटो फिचर

टेकुका स्थानीयको विरोधले उपत्यकाको फोहोर उठेन

blog

तस्बिरः विकास द्वारे

तस्बिरः केशब गुरुङ \विकास द्वारे

काठमाडौं ,जेठ ३ गते। काठमाडौंका सडकमा फेरि फोहोर थुप्रिन थालेको छ । उपत्यकाका सडक र गल्लीमा थुप्रिएको फोहोर उठाउन नसक्दा फेरि फोहोर थुप्रिन थालेको हो।

चुनावअघि सहरको फोहोर उठाइसक्ने काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र उपत्यकाभित्रका अन्य नगरपालिकाको योजना थियो।  तर, केही दिन उपत्यकाका सडकबाट फोहोर उठाउन लागिए पनि सबै उठाइनसक्दै फेरि फोहोर थुप्रिन लागेको छ। जसबाट दुर्गन्ध फैलनुका साथै सडकमा हिँडडुल गर्न नै समस्या भएको छ।

 काठमाडौं महानगरका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार टेकुमा रहेको ट्रान्सफर स्टेसनका बासिन्दाले फोहोर ल्याउन नदिएकाले सडकको  फोहोर उठ्न नसकेको हो। टेकुमा रहेको ट्रान्सफर स्टेसनमा संकलन भएको फोहोरको दुर्गन्ध धेरै भएको भन्दै  स्थानीयले अवरोध गरेको उहाँको भनाइ छ।


सडकमा थुप्रिएको फोहोर सानो गाडीले संकलन गरेर टेकुमा जम्मा गर्ने कार्य जारी थियो। तर, स्थानीयले अवरोध गरेपछि सडकको फोहोर संकलन गर्न नसकिएको राईको भनाइ छ।

‘सडक छेउमा रहेको फोहोरलाई सानो गाडीमा संकलन गरेर टेकुमा रहेको ट्रान्सफर स्टेसनमा ल्याएर जम्मा गरिएको थियो। तर, त्यहाँ स्थानीयको अवरोध भएपछि अहिले सडकछेउमा फोहोर थुप्रिन थालेको हो,’ उहाँले भन्नुभयो, ‘ल्याण्डफिल्ड साईडको व्वस्थापन गर्नुपर्ने भएकाले केही दिन फोहोर ल्याण्डफिल्ड साइड लैजान सकिएको थिएन, मंगलबार मात्र व्यवस्थापन भएको छ। अब ल्याण्डफिल्ड साइडमा नै फोहोर जान्छ।’

फोहोर संकलनमा जुनसुकै बेला पनि समस्या उत्पन्न हुनसक्ने  सम्भावना रहेको राईको भनाइ छ। यदि ल्याण्डफिल्ड साइडमा समस्या नआए उपत्यकाको फोहोर पाँच दिन भित्र उठाइसक्ने उहाँको दाबी छ। 

‘ल्याण्डफिल्ड साइड व्यवस्थापनको समस्या मुख्य समस्याको रुपमा रहेको छ। हामीले सोमबार (हिजो )मात्र  यसको समाधान गरेका छौँ। मंगलबार (आज)बाट फोहोर ल्याण्डफिल्ड साइडमा लगिँदै छ। तर, पानी पर्यो भने फोहोर ल्याण्डफिल्ड साइड पुर्याउन सकिदैँन,’ राईले भन्नुभयो, ‘ल्याण्डफिल्ड साइडका स्थानीयले अवरोध गरे भने पनि फोहोर पुर्याउन सकिदैँन।’ 




Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।