• २८ पुस २०८१, आइतबार

‘ह्रस्व दीर्घ’ प्रदर्शनमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १ गते । नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आएको छ । दक्षिण भारतीय कलाकारको समेत अभिनय रहेको चलचित्रले द्वन्द्व, प्रेम र सामाजिक कथालाई मुख्य विषय बनाएको छ ।  

चलचित्रमा नीता ढुङ्गाना र हरिहर अधिकारी मुख्य भूमिकामा देखिनुभएको छ । अन्य कलाकारमा ब्रह्मानन्दम, अली, कबिर दुहान सिंह, प्रदीप रावत, सुनील वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुइटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ, किरण केसीलगायतको अभिनय रहेको छ । निर्देशक चन्द्र पन्त र अभिनेता हरिहरको लेखन तथा पटकथा रहेको चलचित्रलाई बलिउडका छायाङ्कार कबिरलालले खिच्नुभएको हो । चलचित्रको कार्यकारी निर्माता धनन्जय गलानी हुनुहुन्छ । चलचित्र नेपाली, तेलगु र हिन्दी गरी तीन भाषामा प्रदर्शन गरिएको छ ।