• १७ असार २०८१, सोमबार

काठमाडौं महानगरमा बालेन शाह पहिलो स्थानमै

blog

काठमाडौं, जेठ ३ गते । काठमाडौं महानगर प्रमुखमा ९ हजार ३५३ मतसहित स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमै हुनुहुन्छ ।  प्रमुखमा नेकपा एमालेका केशव स्थापित  ४ हजार ९७६ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह ४ हजार  ३४७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । 

महानगरका  निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ८४५, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६९१ मत ल्याउनुभएको जानकारी दिनुभयो ।

यसैगरी, प्रमुखमा निर्वाचन चिन्हहरु  तराजुमा १०७, मादलमा १७, चक्का पाङ्ग्रोमा सात, कुखुराको भालेमा पाँच, सुगामा चार, खानेपानीको धारामा २१, करुवामा चार, किताबमा दश, बाघमा एक मत प्राप्त भएको छ । 

मङ्गलबार बिहान २४ हजार एक सय २६ मतगणना हुँदासम्म सो मत  प्राप्त भएको हो ।

महानगर उपप्रमुखमा गठबन्धनतर्फका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २६ सय ७५ मत प्राप्त गर्नुभएको छ भने एमालेकी सुनिता डङ्गोलले ९४ सय १९ मत ल्याउनुभएको छ । 

उपप्रमुखमा निर्वाचन चिन्हहरु तराजुमा ४०४, हलोमा १७ सय ९, पुतलीमा एक, खानेपानीको धारामा एक, मुढामा पाँच, क्यापमा ७०, लौरोमा एक हजार पाँच, आँखीझ्यालमा ७८३, करुवामा १३ मत प्राप्त भएको छ । 

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको वैशाख ३१ गते बिहानदेखि मतगणना कार्य जारी छ । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।