• १० मंसिर २०८१, सोमबार

दुर्घटनामा परी एक जनाको मृत्यु

blog

खेतमा दुर्घटना भएको ट्याक्टर। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक २१ गते । नेपालगन्जमा भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१९ कटिलिया मोडमा बुधबार भे १ त ७६२२ नम्बरको ट्याक्टर पल्टिँदा नेपालगन्ज उपमहानगरपालिका–१९ का ३५ वर्षीय ट्याक्टर चालक बाबुराम कुर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेतमा रहेको धान लिन गएको बेला तीव्र गतिका कारण ट्याक्टर मोड्ने क्रममा दुर्घटना भएको थियो । मृतक बाबुराम नेपालगन्ज वडा न १९ का वडा अध्यक्ष प्रशुराम कुर्मीका छोरा हुनुहुन्छ ।