• १२ पुस २०८१, शुक्रबार

कुशलको कीर्तिमान तोड्ने लोफ्टी–इटन चितवनमा

blog

जान निकोल लोफ्टी–इटन । तस्बिर : क्यान

काठमाडौँ, कात्तिक २० गते । नेपाली अलराउन्डर कुशल मल्लको कीर्तिमान तोड्ने जान निकोल लोफ्टी–इटनलाई चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को लागि  अनुबन्ध गरेको छ । 

चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजमा अनुबन्ध हुने लोफ्टी चौथो विदेशी खेलाडी हुनुहुन्छ । यसअघि चितवनले मर्रस्यन्ट डी ल्याङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन र हसन इसाखिललाई अनुबन्ध गरिसकेको छ ।

बायाँ हाते २३ वर्षीय ब्याट्सम्यानले गत फ्रेबुअरीमा टी–२० मा सबैभन्दा छिटो सतकको कीर्तिमान बनाउनुभएको थियो ।  अहिले सबैभन्दा छिटो शतक बनाउने सूचीमा उहाँ दोस्रो स्थानमा हुनुहुन्छ । 

नेपालमा भएको नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय सिरिजमा उहाँले सो कोसेढुङ्गा पार गर्नुभएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालविरुद्ध खेल्दै हाँले ३३ बलमा सतक बनाउनुभएको थियो । 

एक बल कम खेल्दै उहाँले नेपाली अलराउन्डर कुशल मल्लको (हाल सबैभन्दा छिटो शतक बनाउने सूचीमा चौथो स्थानमा) कीर्तिमान तोड्नुभएको थियो । कुशलले गत वर्ष चीनको होन्झाउमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा मङ्गोलियाविरुद्ध ३४ वर्षमा सतक पूरा गर्नुभएको थियो । यसपटक दुवैले चितवन राइनोजबाट एनपीएल खेल्दै हुनुहुन्छ ।