• १० मंसिर २०८१, सोमबार

अनुशासित भएर देउसीभैलो खेल्न आग्रह

blog

गणेश खनाल

अर्घाखाँची, कात्तिक १६ गते । अर्घाखाँचीमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले एक सूचना जारी गर्दै  राति ९ बजेसम्म देउसी र भैलो खेल्न अनुमति दिएको हो।

देउसी र भैलो तथा तिहारका अन्य गतिविधिमा आवश्यक सजगता अपनाउनु पर्ने र कुनै पनि प्रकारका अशान्ति र अव्यवस्थित गतिविधि हुन नदिन ९ बजेसम्मको समय सिमा लगाइएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले परम्परागत रुपमा चलिआएको संस्कृतिको जगेर्ना गर्दै मर्यादित तथा अनुशासित भएर देउसीभैलो खेल्न भनेको छ । प्रशासनले पटाका, आतिशबाजी, जुवा, तास मादक पदार्थ सेवनलगायतका गतिविधिमा संलग्न नहुन समेत सबैमा अनुरोध गरेको छ। त्यस्तो काममा संलग्न भएको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।