• १० मंसिर २०८१, सोमबार

पालिकामा स्वास्थ्य शिविर : सेवाग्राहीको भिड

blog

रास्कोटमा जारी शिविरमा सहभागी डाक्टर केटयारो, ललतिजंग शाही । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, कात्तिक ७ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा स्वास्थ्य शिविरमा सेवाग्राहीको भिड लागेको छ । स्थानीयको पहलमा निमार्ण भएको रास्कोट अस्पतालको समन्वयमा डाक्टर फर नेपालको सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा नागरिकको भिड लागेको हो । 

रास्कोट नगरपालिका भित्रका सबै वडालाई पालैपालो सेवा प्रदान गरिँदै आएको छ । कर्णाली प्रदेश अस्पतालका प्रसुती तथा स्त्रीरोग विषेशज्ञ डाक्टर ललितजंग शाहीले स्त्रीरोग, हाडजोर्नी सँगै परिवार नियोजन सेवा समेत दिईरहेको बताउनुभयो ।

प्राविधिक र विषेशज्ञ सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि गरेको बताउनुभयो । डाक्टर फर नेपालले विगत २० वर्षदेखि दुर्गमका नागरिकलाई डाक्टर पठाउँदै आएको छ भने विभिन्न सेवा समेत विस्तार गदै आएको छ । 

डाक्टर फर नेपालका फाउण्डर लगानीकर्ता विदेशी नागरिक प्रसुती रोग विषेशज्ञ डाक्टर केटयारोले दुर्गमका जिल्लामा बसोवास गर्ने महिला लक्षित सेवा दिँदै आउनु भएको छ । रास्कोटमा जारी शिविरमा गाईनोका समस्याका ५१८ जना र हाडजोर्नीका ५०३ जना गरि एक हजार २१ जनाले सेवा लिएका छन् । 

स्वास्थ्य सेवाबाट वञ्चित रास्कोट नगरपालिका लगायत कर्णाली पारीका तत्कालीन १७ गाउँ विकास समितिका नागरिकलाई सेवा दिन रास्कोट सामुदायिक अस्पतालको निमार्ण भएको थियो । स्थानीय तुलाराज सिम्खडा, दयाराम सिम्खडा (दाजु भाई) सहित हंशराज न्यौपाने, डाक्टर मुकुल ढकाल, कौशल न्यौपाने लगाएतको सक्रियतामा २०७४ साल देखि रास्कोट सामुदायिक अस्पतालले सेवा सुचारु गरेको थियो । 

स्थानीयकै सहयोगमा रास्कोट सामुदायिक अस्पताल १५ श्यौयाको भवन निमार्णपछि अहिले रास्कोट नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नगरको आफ्नै स्वामित्वमा अस्पताल आएपनि फेरी अर्को अस्पताल निमार्ण थालेको छ । ३८ करोड लगानीमा रास्कोटमा अर्को अस्पताल निमार्ण भइरहेको छ ।