• ५ कात्तिक २०८१, सोमबार

कैलाशमा पुरुष मृत फेला

blog

अनिल पराजुली

हेटौँडा, कात्तिक ५ गते । मकवानपुरको कैलाशमा एक जना मृत फेला परेका छन् ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको कैलाश गाउँपालिका वडा ३ फास्टर बस्ने ४६ वर्षीय ठुलोकान्छा चेपाङ मृत फेला परेका हुन् ।

कात्तिक ३ गते बेलुका चेपाङ स्थानीय गाउँमा घेवामा गई घेवाँ कार्यक्रम पश्चात् घर आउनेक्रममा सम्पर्कबिहीन हुनुभएको थियो । सम्पर्कविहीन हुनुभएका चेपाङ खोजिगर्ने क्रममा कात्तिक ४ गते फास्टरस्थित काली खोलामा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

मनहरीबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान तथा घटनास्थलमा मुचुल्का तयार गरेको छ । चेपाङको शवलाई हेटौंडा अस्पतालमा ल्याई  शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।