• ५ कात्तिक २०८१, सोमबार

पोख्रेललाई सम्मान गरिने

blog

मकवानपुर समाचारदाता

मकवानपुर, कात्तिक ५ गते । साहित्यकार माधवबहादुर पोख्रेललाई महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान–२०८१ प्रदान गरिने भएको छ । साहित्य सङ्गम मकवानपुर र युगप्रकाश क्लब हेटौँडाले प्रत्येक वर्ष सो सम्मान प्रदान गर्दै आएको छ । सो सम्मानको राशि १० हजार रुपियाँ रहेको छ ।

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाले नेपाली साहित्यको उन्नयन र श्रीवृद्धिमा उल्लेखनीय योगदान पु¥याएबापत साहित्यकार पोख्रेललाई सम्मान गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

साहित्य सङ्गम मकवानपुरले महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा मकवानपुर जिल्लास्तरीय कविता प्रतियोगिताका लागि कविता आह्वानसमेत गरेको छ । कविता बढीमा १५० शब्दसम्मको हुनुपर्ने र जुनसुकै विषय वा शीर्षकमा कविता रचना गरी पठाउन सकिने जनाइएको छ ।