• २ कात्तिक २०८१, शुक्रबार

बाघको आक्रमणबाट एकको मृत्यु

blog

बोमलाल गिरी

नवलपुर, कात्तिक २ गते । नवलपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो विनयी त्रिवेणी गाउँपालिका १ लक्ष्मीटाँडी निवासी ६३ वर्षीय जीवबहादुर थिङको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

बिहान घरदेखि पाँच सय मिटर परको जङ्गल तीनचुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको बेला थिङलाई बाघले आक्रकण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेशी साहले जानकारी दिनुभयो ।

थिङलाई बाघले आक्रमण गरेको भनी उहाँसँगै गएका छिमेकी बलराम न्यौपानेमार्फत खबर पाएपछि खोजी गर्ने क्रममा थिङ मृत अवस्थामा भेटिएको साहले जानकारी दिनुभयो । उहाँलाई बाघले घाँटीमा आक्रमण गरेको प्रहरीले जनाएको छ । वन कार्यालयका कर्मचारीसँग मिलेर घटनास्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।