• १ कात्तिक २०८१, बिहिबार

मानव बेचबिखन आरोपी २४ वर्षपछि पक्राउ

blog

नविन सुवेदी

सुर्खेत, कात्तिक १ गते । सुर्खेतमा १५ हजारमा युवती बेच्ने एक जनालाई २४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७ का ६१ वर्षीय भक्तबहादुर विष्ट रहेका छन् । 

विष्टले साबिक गुटु गाविस–८, की २१ वर्षीय नामसरा देवी कँडेललाई ०५७ साल असोजमा भारतमा लगेर बेचेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकमाले जानकारी दिनुभयो । 

विवाहको प्रलोभन देखाएर विष्टले नामसरा देवीलाई भारतको गोरखपुर लगेको उहाँको भनाइ छ । त्यहाँ एक अपरिचित भारतीय नागरिकलाई विष्ट १५ हजारका बिक्री गरेको प्रहरी नायव उपरीक्षक विश्वकमाको भनाइ छ । नामसरा देवीलाई बिक्री गरेको विषयमा ०५८ मङ्सिरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्दा दायर गरिएको थियो । 

तर विष्ट लामो समयदेखि फरार थिए । विष्टलाई केही दिन अघि स्थानीय गुटु बजार एरियाबाट पक्राउ गरिएको हो ।