• २ कात्तिक २०८१, शुक्रबार

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक

blog

काठमाडौँ, कात्तिक १ गते । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको हो । अभिनेता विजय बराल, बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइलीको मुख्य अभिनय रहेको चलचित्रमा गाइने प्रथालाई देखाइएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै अभिनेता विजय बरालले आफूले सिनेमामा पहिलो पटक गाइने पात्र पाएको बताउनुभयो । उहाँले थिएटरमा यस्तो पात्रहरूको भूमिका निभाए पनि चलचित्रमा पहिलो अनुभव रहेको बताउनुभयो । चलचित्रलाई सबैले मन पराइदिनेमा आशावादी रहेको जिकिर गर्नुभयो । अभिनेत्री बराइलीले पूर्णबहादुरको सारङ्गीलाई पनि धेरै दर्शकहरूले मन पराउनेमा आशावादी रहेको बताउनुभयो ।

चलचित्रमा सारङ्गी संस्कृति जोगाउन गाइने समुदायले गर्ने सङ्घर्षको कथालाई समेटिएको छ । ३ मिनेट २६ सेकेन्ड लामो ट्रेलरले सारङ्गीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गाइने समुदायले गर्ने सङ्घर्षको कथा देखाइएको छ ।

सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गर्नुभएको हो । यो फिल्म यही कात्तिक १५ गते प्रदर्शन हुँदै छ ।