• १ कात्तिक २०८१, बिहिबार

फिल्म ‘एक्टर’ माघ १६ गतेबाट प्रदर्शनमा आउने

blog

काठमाडौं, कात्तिक १ गते । प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टर’को पूर्वनिर्धारित प्रदर्शन स्थगित भएको छ । निर्माताले बिहीबार विज्ञप्ति जारी गर्दै यो फिल्म कात्तिक १५ गते प्रदर्शनमा नआउने जानकारी गराएकाे हाे ।

यो फिल्म अब माघ १६ गते प्रदर्शन हुने भएको छ । मानवीय र प्राविधिक कारणले निर्धारित मितिमा फिल्म प्रदर्शन हुन नसक्ने देखिएको निर्माताले जनाएका छन् । वितरक, पोस्ट प्रोडक्सन र अन्य नेपाली फिल्मको प्रदर्शनलाई समेत दृष्टिगत गर्दै प्रदर्शन सारिएको अदृत फिल्म्स र मोती फिल्म्सले जनाएकाे छ ।

प्रदीपसहित आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइरालाको शीर्ष भूमिका रहेको फिल्मलाई राजन भुषालले निर्देशन गर्नुभएकाे हाे ।