• १ कात्तिक २०८१, बिहिबार

राष्ट्रपति पौडेल सुर्खेतमा

blog

डीमालिका तीर्थयात्राका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेतमा ।

सुर्खेत, असोज ३० गते । बडीमालिका तीर्थयात्राका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुग्नु भएको छ ।

बुधबार अपरान्ह यहाँ आइपुग्नुभएका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र कांग्रेस उपसभापति समेत रहनुभएका पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गर्नुभएको थियो  ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीसंगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा  शुभेच्छुकहरुसंग भेटघाट गर्नुभएको थियो । उहाँ बिहीबार बिहान बडीमालिकातर्फ प्रस्थान गर्नुहुने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । उहाँले बडीमालिका दर्शनका साथै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे समेत हुनुहुन्छ । राष्ट्रपति बिहीबार नै काठमाडौं फर्किनु हुनेछ ।