• ३० असोज २०८१, बुधबार

धानखेतमा एक जना मृत फेला

blog

धानखेतमा मृत भेटिएका ज्ञानमणी पोखरेल । तस्बिर : देवरामप्रसाद यादव

देवराम प्रसाद यादव

सप्तरी, असोज ३० गते । एक महिनादेखि हराइरहेका सप्तरीको कञ्चनरुप नगरपालिका ९ रुपनगर विष्णु मन्दिर टोलका ५५ वर्षीय ज्ञानमणि पोखरेलको शव मृत अवस्थामा फेला परेको छ । कञ्चनरुप–९ स्थित रुपनगरमा पोखरेलको शव मृत अवस्थामा धानखेतमा फेला परेको हो । 

पोखरेल विगत एक महिनादेखि सम्पर्कविहीन थिए । शव भेटिएको स्थानमा स्थानीय बासिन्दाहरूले बिहान शव गन्हाईसकेको अवस्थामा देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेपछि प्रकृती मुचुल्कापछि शवलाई पोस्टमाटमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

शवको अवस्था हेर्दा केही दिनअघि नै मृत्यु भएको हुन सक्ने तथा बुधबार पोष्टमार्टमको लागी पठाइएकोेले यसको सम्बन्धमा थप कुरा खुल्ने इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।