• १४ पुस २०८१, आइतबार

ठेलो प्रतियोगितामा अशोक बने नवौँ पटक पनि माल

blog

बेनी समाचारदाता 

म्याग्दी (बेनी), असोज ३० गते । म्याग्दी धवलागिरि गाउँपालिका–७ स्थित प्रसिद्ध धार्मिकस्थल ताकमकोतमा दसैँमा ठेलो फाल्ने प्रतियोगिता अझै कायम छ । तत्कालीन थापा राजाको पालाबाट सुरु भएको ठेलो फाल्ने संस्कृतिलाई ताकमवासीले आठ सय वर्षदेखि निरन्तरता दिँदै आएका छन् ।  बडादसैँको महानवमी पर्वका अवसरमा हुँदै आएको ठेलो फाल्ने प्रतियोगितालाई यहाँका स्थानीयले अझै जीवित राखेका छन् । हरेक वर्ष आयोजना हुने प्रतियोगितामा विजेता घोषणा गरिन्छ । यस वर्ष पनि आठौँ पटकका विजेता वडा नम्बर ७ ताकमका वडाध्यक्षसमेत रहनुभएका अशोक खत्री नवौँ पटक विजयी हुनुभयो । 

ताकमकोतमा शुव्रmबार भएको परम्परागत ठेलो फाल्ने प्रतियोगिताको उपाधि ३५ वर्षीय खत्रीले जित्नुभयो । ८.५ किलोग्राम तौल भएको फलामको ठेलोलाई सहभागी ३२ जनामध्ये सबैभन्दा टाढा फालेर खत्रीलाई माल घोषणा गरिएको ताकमकोत पूजा व्यवस्थापन समितिका सदस्य रिमप्रकाश थापाले बताउनुभयो । उहाँका अनुसार यसअघि नवौँ पटक कसैले पनि जितेका छैनन् । प्रतियोगितामा ताकम र आसपास गाउँका ३२ जना युवाले सहभागिता जनाएका थिए । ताकमकोत पूजा व्यवस्थापन समितिका अध्यक्ष थापाले भन्नुभयो, “पश्चिम म्याग्दीको महìवपूर्ण शक्तिपीठ मानिने ताकमकोतको ठेलो प्रतियोगितामा विजयी हुनेलाई यस क्षेत्रमा माल भनेर सम्मान गरिन्छ । ठेलो प्रतियोगिताको विजेतालाई बाजागाजासहित अबिर र फेटा गुथाएर सम्मान गर्ने प्रचलन छ ।”

विजेता खत्रीलाई गण्डकी प्रदेश सभा सदस्य रेसमबहादुर जुग्जाली, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेसम पुनमगर र पूर्वउपाध्यक्ष रेसम छन्त्याललगायतले फेटा लगाएर सम्मान गर्नुभएको थियो । स्थानीयवासीले खत्रीलाई काँधमा बोकेर बाजागाजासहित ताकमकोत परिव्रmमा गराएका थिए । माललाई फेताले सम्मान गर्नुका साथै नगद उपहार दिने प्रचलन छ । १२४६ देखि १५४५ सालसम्म बगाले थापाको र १५४६ देखि १८८२ सालसम्म मल्ल राजाले कोत घरका रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महìवका तोप, तरबार, खुँडा, खुकुरीलगायतका हातहतियार रहेका छन् । कोतघर र मन्दिर पुनर्निर्माण, सडक सुविधा र प्रचारप्रसार भएका कारण ताकमकोतमा धार्मिक पर्यटकको आगमन बढेको छ । समुद्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा रहेको ताकमकोतबाट धौलागिरि, अन्नपूर्ण र गुर्जा हिमालका साथै अग्ला पहाड, ग्रामीण बस्तीको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।