• १३ पुस २०८१, शनिबार

गुल्मीमा जिप दुर्घटना हुँदा १४ जना घाइते

blog

दुर्घटनामा परेका जीप ।

रमेश विश्वकर्मा

गुल्मी, असोज २५ गते । गुल्मीमा सफारी जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । शुक्रबार जिल्लाको मुसिकोट नगरपालिका-५, इन्द्रेगौडास्थित रिडि-बुर्तिवाङ सडक खण्डमा सफारी जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले जानकारी दिनुभयो।

प्रहरी नायब उपरीक्षक (डिएसपी) पोखरेलका अनुसार बुटवलदेखि रिडी–रुद्रबेणी–वामीटक्सार हुँदै बाग्लुङको बडिगाड गाउँपालिका खौलारका लागि छुटेको लु १ ज ४४४८ नम्बरको सफारी जिप आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । सफारी जिप करिब १० मिटर तल खस्न जाँदा जिपमा सवार चालकसहित १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेकोले उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा पठाइएको छ भने अन्य घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।