• १३ साउन २०८१, आइतबार

सङ्खुवासभाका तीन पालिकाको मत गणना सुरु

blog

मतगणना कार्य जारी । तस्विरः ध्यान कुलुङ

सङ्खुवासभा, बैशाख ३१ गते । सङ्खुवासभामा पनि मत गणना सुरु भएको छ । मत पेटिका ढुवानी गर्न सहज भएका तीन पालिकाको मत गणना सुरु भएको हो ।

अहिले खाँदबारी नगरपालिका, चिचिला गाउँपालिका र मादी नगरपालिकाको मत गणना भइरहेको छ । खाँदबारी नगरपालिका र चिचिला गाउँपालिकाको मत गणना राती १२ बजेबाट सुरु गरिएको थियो भने मादी नगरपालिकाको बिहानबाट गणना सुरु गरिएको हो । चिचिला र खाँदबारीमा नेपाली काँग्रेसका उम्मेदवारको मत अगाडि छ । भने मादीको मत परिणाम सार्वजनिक गरिएको छैन ।

जिल्लामा भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रसँग सम्पर्क नभएकोले जम्मा खसेको मतको बिवरण आइनपुगको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 



Author
ध्यान कुलुङ

उहाँ सङ्खुवासभाबाट गोरखापत्रलाई रिपोर्टिङ गर्नुहुन्छ ।