शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कोकिला ढकाल
इलाम, असोज १५ गते। तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा आजदेखि इलाममा सुचारु भएको छ। इलामको महमाईमा माई खोलाको कटानका कारण काबेली कोरिडोरको तीनवटा विद्युत पोल ढलेपछि जिल्ला अन्धकार भएको थियो।
पुरानो १३३ केभी प्रसारण लाइनलाई मर्मत गरेर विद्युत् सेवा सञ्चालन गरिएको विद्युत् प्राधिकरण इलामका प्रमुख बिजलीप्रसाद यादवले बताउनुभयो। आज साँझसम्ममा जिल्लाका सबै स्थानमा बत्ती बल्ने यादवले जानकारी दिनुभयो।
बाढीका कारण ढलेका काबेली कोरिडोरका पोल भने निर्माण गर्न कम्तीमा दुई/तीन महिना लाग्ने यादवको भनाइ छ।