• १४ जेठ २०८१, सोमबार

११३ वर्षीया वृद्धाद्वारा मतदान

blog

दमौली, वैशाख ३० गते । तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि शुक्रबार मतदान गर्नुभएको छ ।

पोख्रेलले सोही वडाको शेपाबगैँचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । विसं १९६६ भदौ ६ गते जन्मिनुभएकी पोख्रेलले आफन्तको सहयोगमा मतदान गर्नुभएको हो ।     मतदानपछि पोख्रेलले आगामी चुनावमा पनि मतदान गर्ने इच्छा रहेको बताउनुभयो । मतदानका लागि आफैँले परिवारका सदस्यलाई आग्रह गर्दै पोख्रेल लौरो टेक्दै मतदान केन्द्रसम्म पुग्नुभएको थियो ।

यसैबीच जिल्लामा शान्तिपूर्णरुपमा मतदान प्रक्रिया चलिरहेको जनाइएको छ । मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई मतदानमा प्राथमिकता दिइएको छ ।