• २ असोज २०८१, बुधबार

दिगो भवनको समाधान खोज्दै विद्यार्थी

blog

काठमाडौँ, असोज २ गते । सिभिल इन्जिनियरिङका विद्यार्थीहरूले नेपाल इको प्यानलमा दिगो भवन समाधानका उपायहरू खोजेका छन् । 

भक्तपुर इन्जिनियरिङ कलेजको डिप्लोमा अध्ययनरत विद्यार्थीहरूले दिगो भवन समाधान बारे जान्न नेपाल इको प्यानलको भ्रमण समेत गरेका हुन् । विद्यार्थीहरूलाई नेपाल इको प्यानलका आयोजना प्रबन्धक कृष्णसुन्दर कुम्पाखाले दिगो नेपाल र इको प्यानलको बारेमा अवगत गराउनुभएको थियो ।

कुम्पाखाले विद्यार्थीहरूलाई वातावरणमैत्री सामग्रीले कसरी भूकम्प प्रतिरोधात्मक क्षमता बढाउने, ऊर्जा दक्षता सुधार गर्ने र लागत–प्रभावकारी भवन बनाउने समाधानहरूको जानकारी पनि गराउनुभएको थियो । भ्रमणले विद्यार्थीलाई आधुनिक पूर्वाधार विकासको लागि व्यावहारिक र दिगो दृष्टिकोणका लागि अमूल्य एक्सपोजर प्राप्त भएको थियो ।


स्टिलबाट बनेका संरचना हल्का, इको प्यानल डिजाइन र बढी समय टिकाउ रहनुको साथै भूकम्प प्रतिरोधी समेत रहेको छ । कुम्पाखाले मास्टरको थिसिस पनि स्टिलबाट बनेका संरचना र इको प्यानल डिजाइनमा गर्नुभएको हो ।