• १ असोज २०८१, मङ्गलबार

यसरी पुजियो सवारी साधन (फाेटो फिचर)

blog

आफ्नो सवारी साधनको पूजा गर्दै सर्वसाधारण । तस्बिर: केशब गुरुङ

काडमाडौं, असोज १ गते । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाएका छन्।

प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान् बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गर्ने र कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ।

आज पूजा गरिएका मूर्ति तथा तस्बिर बुधबारदेखि नदीमा सेलाइन्छ। काठमाडौंको भद्रकाली, मैतीदेवी, ललितपुरको महालक्ष्मी मन्दिरलगायत विभिन्न शक्तिपीठमा सवारीसाधनको पूजा गर्नेको घुँइचो लागेको छ। 

तस्बिर:- केशब गुरुङ/सुजन गुरुङ