• ११ असोज २०८१, शुक्रबार

प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्नुहुँदै

blog

प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, भदौ ३१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ । सोमबार दिउँसोबाट सुरु हुने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै हुनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र) को कार्यव्यवस्था परामर्श समितिको बैठकले आज संसद् चल्न दिने भएपछि प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो ।

यसअघि आइतबार माओवादी केन्द्रका सांसदहरूको विरोधका कारण संसद् बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको थियो ।

त्यस्तै, आज बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुहुने छ ।

यसैगरी, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्री ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुहुने छ ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आव २०७९/०८०’ पेस गर्नुहुने छ ।