• १ असोज २०८१, मङ्गलबार

५०४ कुमारीको सामूहिक पूजा (फोटो फिचर)

blog

कुमारी पुजामा सहभागी बालिकाहरु । तस्बिर : मनोजरत्नशाही

काठमाडौँ, भदौ ३१ गते । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरुको सामूहिक पूजा गरिएको छ । युवा विश्व हिन्दु महासङ्घ हनुमानढोकाको आयोजनामा सोमबार ५०४ कन्या श्रीकुमारी पूजा सम्पन्न भएको हो । हनुमानढोका दरबार क्षेत्रमा येँया (इन्द्रजात्रा)को अवसर पारेर यो पूजा गरिएको हो ।

युवा विश्व हिन्दु महासङ्घको आयोजनामा १९औं पटक कुमारी पूजा भएको आयोजक राजन महर्जनले जानकारी दिनुभयो । ससाना बालिकाहरूलाई कुमारीको भेषभूषामा सजाएर अभिभावकहरू सो पूजामा सहभागी भएका थिए ।

नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन रहिआएको छ । महिनावारी सुरु नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिन्छ । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास पनि रहिआएको छ ।



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।