• २९ भदौ २०८१, शनिबार

नारायणगढ मुग्लिन सडकमा दुर्घटना : एक जनाको मृत्यु

blog

दुर्घटनास्थल ।

वसन्त पराजुली 

नारायणगढ, भदौ २९ गते।  भरतपुर महानगर पालिका वडा नम्बर १ स्थित नारायणगढ–मुग्लिन सडकमा भएको दुर्घटनाका एक जनाको मृत्यु भएको छ। 

शनिबार दिउँसो ४ : २० बजे  पानी ट्याङ्की ओरालोमा भएको सो दुर्घटनामा परी मृत्यु हुनेमा भरतपुर महानगर पालिका वडा नम्बर १ रामनगर निवासी ६४ वर्षीय राम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो।  

मुग्लिङबाट आपटारीतर्फ आउदै गरेको बा.प्र. ०१–०२६ च ५५१९  नम्बरको योद्धा गाडीले विपरीत दिशाबाट जाँदै गरेको गरेको ग २ ख ८५५ नम्बरको बसलाई ठक्कर हुँदा सो दुर्घटना भएको हो।  दुघटनाग्रस्त योद्दा गाडीले सडकमा गुडिरहेका थापा सवार साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।