• २३ भदौ २०८१, आइतबार

स्पेनले भेनेजुएलाका विपक्षी नेता उरुटियालाई शरण दिने

blog

म्याड्रिड, भदौ २३ गते । भेनेजुएलामा एक महिनाको भूमिगत जीवनपछि स्पेनमा निर्वासनमा रहेका भेनेजुएलाका विपक्षी नेता एडमण्डो गोन्जालेज उरुटियालाई मड्रिडले आइतबार राजनीतिक शरण दिने घोषणा गरेको छ ।

राष्ट्रपति निकोलस मादुरोको जुलाई २८ मा भएको पुनः निर्वाचनको विरोध गर्ने गोन्जालेज उरुटियाले अभियोजनकर्तासमक्ष उपस्थित हुन लगातार तीन पटकसम्म जारी गरिएको पत्राचारलाई बेवास्ता गर्नुभएको थियो भने उहाँ स्पेनी सेनाको एक विमानमार्फत स्पेन पुग्नुभएको बताइएको छ ।

यसअघि, सोमबार नै म्याड्रिडका विदेशमन्त्री जोसे म्यानुएल अल्बरेसले उरुटियाले युरोपेली देशमा राजनीतिक शरणका लागि अनुरोध गरेको र स्पेनले उहाँलाई त्यो अनुमति दिने बताउनुभएको थियो ।

भेनेजुएलाका सबै नागरिकको राजनीतिक अधिकारका लागि स्पेन प्रतिबद्ध रहेको बताउँदै उहाँले विपक्षी नेता स्पेनी सेनाको विमानमा प्रस्थान गरेको पुष्टि गर्नुभएको थियो । रासस/एएफपी